कपिलवस्तुकाे विजयनगरसँग जाेडिएका सिमावर्ती क्षेत्रमा अनुगमन
धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तुकाे पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत संयुक्त नाका अनुगमन गरेको छ । नेपाल-भारत सिमानामा पशुजन्य रोग नियन्त्रण, अवैध पशु आवतजावत रोकथाम तथा कानुनी प्रक्रिया कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अनुगमन गरिएको छ।
विजयनगर गाउँपालिकासँग जोडिएका नेपाल-भारत जिला बलरामपुरको सिमावर्ती क्षेत्रमा गरिएको उक्त अनुगमनमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय व्यवसायी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । संयुक्त टोलीले सिमानाबाट हुने पशु तथा पशुजन्य पदार्थको ओसारपसार, क्वारेन्टाइन नियमको पालना र सुरक्षा व्यवस्थाको अवस्था निरीक्षण गरेको थियो ।
कार्यक्रममा पशु क्वारेन्टाइन चेकपोष्ट कृष्णनगरका पशु चिकित्सक दयाराम चौधरीले सिमानाबाट भित्रिने पशुमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया अनिवार्य रहेक...









