Friday, May 29Nepali Online News Portal

   

कपिलवस्तुमा पाटेबाघको छाला सहित एक व्यक्ति पक्राउ ।

धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु जिल्लामा प्रहरीले पाटेबाघको छाला सहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा वडा  प्रहरी कार्यालय चन्द्रौटाबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको टोलीले शिवराज नगरपालिका–२ हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजको परिसरबाट उक्त व्यक्तिलाई पक्राउ गरेको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, गोलपार्क निवासी ४१ वर्षीय वसन्तप्रसाद भट्टराईलाई शंकास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा, उनको साथमा रहेको सेतो प्लास्टिकको बोराभित्र लुकाइएको अवस्थामा पाटेबाघको छाला फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका भट्टराईसँग बरामद गरिएको पाटेबाघको छालाको लम्बाई ६ फिट रहेको छ भने पुच्छरको लम्बाई २ फिट २ इन्च रहेको बताइएको छ। छालामा गोली लागेको जस्तो देखिने तीनवटा प्वाल पनि भेटिएको छ। उक्त छालाका साथै भट्टराईको नाममा रहेको लु ५८ प ९७५५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। पक्राउ परेका भट्टराईलाई थप अनुसन्धान तथा कारबाहीका लागि मंसिर १० गते डिभिजन वन कार्यालय, चन्द्रौटा, कपिलवस्तु पठाइएको छ जिल्ला प्रहरी कार्यलयका प्रवक्ता मोहनमणी अधिकारीले जनाएका छन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्