Friday, July 24Nepali Online News Portal

फिजियोथेरापी तथा सर्वे इन्जिनियरिंगमा विशेष छुटका साथ पिपरामा भर्ना खुल्यो


   

अजय मिश्रा

कपिलवस्तु, असोज ९

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं २ पिपरामा तीन बर्षे डिप्लोमा कार्यक्रम अन्तर्गत फिजियोथेरापी (DPT) तथा १८ महिने प्रि डिप्लोमा कार्यक्रम अन्तर्गत सर्वे इन्जिनियरिंग (AMIN) मा दशै तिहारको अवसरमा विशेष छुटका साथ भर्ना हुन् चाहने लाई राम्रो अवसर भएको कपिलवस्तु टेक्निकल इन्षि्टच्युट का प्रमुख अरुण पाण्डेयले जानकारी दिनुभयो।

२०५४ मा स्थापित कपिलवस्तु टेक्निकल इंस्टीट्यूट लुम्बिनी प्रदेशमै राम्रो नतिजा ल्याउने र आफ्नै सम्पूर्ण पूर्वाधार भएको महेन्द्र राजमार्गको शान्त वातावरणमा अवस्थित रहेको छ।

२०५४ साल देखि CMA/ANM/CMLT/ANIM १८ महिने कार्यक्रम संचालित रही यही २०७९ बाट HA/CMLT/DPT कार्यक्रम पनि संचालन रहेको छ र निकट भविष्यमा फार्मेसी DP कार्यक्रम पनि संचालनको तयारीमा रहेको कालेज प्रशासनले जनाएको छ।

विदेशमा समेत फिजियोथेरापी (DPT) को समेत अत्याधिक माग रहेको र यस कपिलवस्तु टेक्निकल इन्स्टिट्यूट बाट अध्ययन गरेका विद्यार्थी हरू सरकारी सेवा का साथै विभिन्न स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्यको जानकार हरु बताउछन्।

नजिकिदै गरेको दशै, तिहार तथा छठको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी, राजनीतिज्ञ, लगायत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली हरूमा कपिलवस्तु टेक्निकल इन्षि्टच्युट प्रमुखले शुभकामना व्यक्त गरेका छन्।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्