Wednesday, July 29Nepali Online News Portal

शिवराजमा स्वास्थ्य बिमा कार्यक्रम सुरु


   

राजकुमार ठाकुर
भदौ १६
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको शिवराज आधारभूत स्वास्थ्यसेवा अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरिएको छ शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले स्वास्थ्य बिमा कार्यक्रम सेवा प्रारम्भको औपचारिक शुभारम्भ गर्नुभएको छ ।बिमा लागु भएपछि बिमित सेवाग्राहीले १२ सय प्रकारका औषधि बिमा मार्फत प्राप्त गर्न सक्नेछन । बिमा प्रक्रिया अनलाइन पद्धति बाट कार्यान्वयन गर्नुपर्नेहुदा थुप्रै चुनौती रहेपनि यसलाई सफल बनाउन सवै लागुपर्नेमा बक्ताहरूले जोड दिनुभयो ।कोरोनाकालमा निर्माण भएको भवन बाट सेवा प्रदान गरिरहेको अस्पतालले पछिल्लो समय छुट्टै भवन बाट पोस्टमार्टम सेवा पनि प्रदान गर्दै आइरहेको छ ।कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्वासेको अध्यक्षता र नगर प्रमुख अजय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्