Friday, May 29Nepali Online News Portal

पोखरीमा डुबेर एक युवतीकाे मृत्यु


   

धर्मेन्द्र कुमार कुर्मी
कृष्णनगर/ साउन ९

कृष्णनगर नगरपालिका भोरहवा गाउंकाे पोखरीमा डुबेर एक जनाको ज्यान गएको छ । नगरपालिका वडा नं ७ भोरहवा गाउँ बस्ने अन्दाजी सोह्र (१६) बर्षिय दुर्गीवती कोहार पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हाे ।

दिउसाे पाेखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे युवती स्थानीय दुखिराम कोहारकी छोरी रहेकाे जानकारी ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनु भयो।

शवलाई शिवराज अस्पताल बहादुरगंज कपिलवस्तुबाट पोस्टमार्टम समेत भई सकेपछि परिवारलाई जिम्मा लगाइएकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्