सुधांशु गिरी
काठमाडौ/ साउन ९
मिति २०८१ साल साउन ९ गते बुधबारका दिन अन्दाजी विहान ११ बजेर ११ मिनेटमा काठमाडौ त्रिभुवन विमानस्थलमै सौर्य विमान दुर्घटना भएको छ । बुधबार बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा मर्मतका लागि १९ कर्मचारी सहित उड्ने क्रममा रनवेमा दुर्घटना भएको छ ।
दुर्घटनामा परि १८ जनाको मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ । ४ जनालाई काठमाडौ के.एम.सी मा उपचार चली रहेको छ । ३० मिनेट पछि आगो नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । सौर्य जहाज १९ वर्ष पुरानो बताइएको छ ।
