Friday, July 24Nepali Online News Portal

अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न


   

धर्मेन्द्र कुमार कुर्मी
कृष्णनगर/ जेठ २१

कृष्णनगर नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ । साथै स्थानीय कलाकारहरुको प्रस्तुति गरिएको थियो । 

कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच ,  धोवियाना नाच ,झर्रा नाच, विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाको लोकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह र कार्यक्रमको अध्यक्ष निरहु यादवले अवधीको पहिचान झल्कने गरी धोती,  कुर्ता र गम्छा लगाएर कार्यक्रममा सहभागी भएका छन् । 

प्रमुख अतिथिलाई मञ्चमा बस्नको लागि खटियाको व्यवस्थापन रहेको थियो । कार्यक्रममा सहभागी भएका सम्पूर्णका लागि नास्तामा पुडी , सब्जी , गुलगुला , सोहारी र सोठौरा खुवाएर अवधी संस्कृतिको खाने परिकारलाई जोगाउने उद्देश्यले खुवाइएको छ । 

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको भनाई अनुसार- हाम्रो अवधी भाषाको छुट्टै इतिहास र पहिचान रहेको छ । अवधी भाषामा एक छुट्टै प्रकारको मिठास रहेको पाइन्छ । अवधी संस्कृतिको जन्म देखि मृत्यु सम्म छुट्टै संस्कृति रहेको छ । हाम्रो यस्तो संस्कृतिलाई हामी सबै मिलेर संरक्षण र जोगाउने जिम्मेवारी अनि दायित्व रहेको छ । 

उक्त कार्यक्रम अवध मिडिया जागरणको आयोजना, अवधी पत्रकार संघ कपिलवस्तुको समन्वय र कृष्णनगर नगरपालिका आर्थिकको सहयोगमा सम्पन्न भएको हो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्