Friday, May 29Nepali Online News Portal

चोरी हो कि कसैको खिलाफ षडयन्त्र


   

सुधांशु गिरी
कृष्णनगर/ चैत्र २९

कृष्णनगर नगरपालिका २ गल्लामण्डी सडक स्थित रहेको श्री महेन्द्र मा.विधालयमा विगत राती मिति २०८० चैत्र २८/२९ गतेका दिन चोरी भएको छ ।

यो चोरी चोरले आफै गरेको हुन कि कसैलाई लक्षित गरि फसाउनको लागि चोरहरुले कुनै व्यक्तिको भनाई, पैसाको लालचले गरेको हुन । अहिले कुनै प्रकारको खुलासा भएको छैन ।

उक्त चोरीमा विधालयको ६ थान पंखा चोरी गरियेको छ भने १ थान पंखालाई क्याचक कुचुक परियेको देखियेको छ । त्यतिले कहाँ हुनु नव निर्मित भवनमा रहेको स्टीलको रेलिंगलाई तोडेको छन । कोठा भित्र पान खाई थुक्ने, ढोका पनि तोडियेको हो भने वाईट बोर्ड पनि छोडेन्न साथै बिजुलीको तार, बोर्ड, बल्ब होल्डर समेत तोडेको दिखिये छ । विधालय सौचालयमा पनि फोहरको कमि छैन । चुरोटको बट्टा, कागज, दिशा, शैम्पुको खोल फालियेको छ । पियुने पानीको धारा समेत चोरी गरि लगियेको जानकारी श्री महेन्द्र मा.विधालयका कार्यालय सहयोगी निवास यादव द्वारा प्राप्त भएको छ ।

पहिलै देखि जिर्ण अवस्थामा रहेको झ्याल, ढोका टुटालना झन सजिलो भएको हो । यसै बिच कृष्णनगरको रानी मैदान (फिल्ड) मा नाईट टुर्नामेंट चली रहेको छ भने त्यो पनि कारण हुन सक्छ चोरीको । राती १२/१ बजे सम्मा चल्ने टुर्नामेंट हेर्न आयेको दर्शक माध्ये कोही हुन सक्छ । चोरीको लागि कम्तिमा २ वा बढी व्यक्तिको आवश्यक हुने गर्छ र एकलै हिम्म्त पनि हुदैन चोरी गर्ना ।

चोरीको पछाडी कुनै व्यक्तिको चाल रहेको छ । चाल या त विधालय व्यवस्थापन अथवा प्रधानाध्यापक लाई बेईज्जत गर्नु ।

फोटो फिचर : कृष्णनगर टुडे

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्