Wednesday, May 27Nepali Online News Portal

ढाइ क्विन्टल अवैध माछा बरामद


   

राज कुमार ठाकुर

कपिलवस्तुको शिवराज नगरपालिका–६ गडगैडा क्षेत्रबाट करिब ढाइ क्विन्टल अवैध माछा बरामद गरिएको छ। सीमा क्षेत्र हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले उक्त माछा नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियमित गस्ती तथा विशेष सूचनाका आधारमा खटिएको टोलीले शंकास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा माछा फेला पारेको थियो। सो माछा आवश्यक कागजात तथा भन्सार प्रक्रिया बिना नै भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल समेत बरामद गरिएको छ। माछा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देख्ने बित्तिकै फरार भएको प्रारम्भिक जानकारी दिइएको छ। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार बरामद गरिएको माछाको अनुमानित मूल्य करिब ८८ हजार रुपैयाँ रहेको छ। गुणस्तर तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त माछा सम्बन्धित निकायको समन्वयमा नष्ट गरिएको पनि उहाँले जानकारी दिनुभयो।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्