राजकुमार ठाकुर
कपिलवस्तुको बनकसवासमा बस दुर्घटना हुँदा २० जना घाईते भएका छन । नेपालगन्ज बाट काठमाडौ को लागि छुटेक भे १२ ख ४३७६ नम्बरको बस राती १२:३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये केहीलाई चन्द्रौटास्थित आधाभुत अस्पताल र संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ ।
घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने २ जना संजीवनी सामुदायिक अस्पतालमा उपचाररत छन् । अन्य घाइतेहरूको अवस्था सामान्य रहेकोले उपचारपछि डिस्चार्ज गरिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार सडकमा आएको छाडा चौपाया जोगाउने प्रयास गर्दा बस अनियन्त्रित भई दुर्घटना भएको चालकले बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
