Thursday, May 28Nepali Online News Portal

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न


   

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय  कृष्णानगरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) – नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णानगरले गर्मीमा धुलो उड्ने डिउटी गर्दा राम्रो होस भन्ने मन्सायले कृष्णानगर तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग साट्ठी भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको “निःशुल्क आँखा चेकजाँच कार्यक्रम” सम्पन्न भएको तथा नौ जना लाई निःशुल्क चश्मा र आवश्यक अनुसार अन्यलाई आइ ड्राप वितरण 

भएको जानकारी प्रहरी निरीक्षक कृष्ण बहादुर कुवरले दिएका छन्।कार्यक्रममा आंखा अस्पतालका डाक्टरहरु लगायतको उपस्थित रहेको थियो।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्