राज कुमार ठाकुर
चन्द्रौटा/ फागुन २३
कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको सरुवा भएको छ । पौडेलका सरुवा भएपछि शिवराजमा विपिन क्षेत्री आउनु हुने भएको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कपिलवस्तुका तीन वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको एकैपटक सरुवा भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कपिलवस्तुको महाराजगंज नगरपालिका, शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको सरुवा गरेको हो ।महाराजगंजमा दिपेन्द्र रेग्मी, शिवराज नगरपालिकामा विपिन क्षेत्री, र बुद्धभूमि नगरपालिकामा बासुदेव भट्टराई प्रमुख प्रशासकीय अधिृकतको रुपमा आउँदै हुनुहुन्छ ।महाराजगंजका रविन्द्र प्रसाद चौधरी, शिवराजका बाबुराम पौडेल र बुद्धभूमिका चुरामणी पन्थीको सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत पन्थीको सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।यस्तै, महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरी टिकापुर नगरपालिका कैलाली सरुवा भएको मन्त्रालयले जनायेको छ ।
