Friday, May 29Nepali Online News Portal

कपिलवस्तुमा ब्राउन सुगर सहित दुई भारतीय नागरिक पक्राउ


   

बिनोद ओझा कृष्णानगर

कपिलवस्तुमा लागु औषध ब्राउन सुगर सहित दुई
भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार जिल्लाको कृष्णनगर २ लिंगेटमा खटिएको प्रहरीले भारतको उत्तर प्रदेश जिल्ला सिद्धार्थनगर पोष्ट दुधवानिया बस्ने ३६ वर्षिय इक्रामुद्धिम र सोही ठाँउका नसिम खानलाई पक्राउ गरेको हो ।इकरामको साथबाट प्रहरीले ब्राउन सुगर एक सय मिलिग्राम बरामद गरेको छ । नसीम सवार एमएच ०२ सिडि १५२६ नम्बरको गाडीबाट ५ पुडी लागु औषध १ सय ६० मिलिग्राम सहित जम्मा २ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी नायव उपरिक्षक मोहन मणी अधिकारीले जानकारी दिए । दुबै जनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्