Friday, May 29Nepali Online News Portal

कृष्णनगरमा ब्राउन सुगरसहित दुई जना पक्राउ


   

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तु , माघ २३ । जिल्ला कपिलवस्तु कृष्णनगर बाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन ।
मंगलबार सांझ ४ बजे जिल्लाकाे कृष्णनगर भन्सार कार्यालय अगाडीबाट नेपाल प्रहरीकाे टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा ६१ प ८५५४ नम्बर को मोटरसाइकल चेकजाँच गर्ने क्रममा ब्राउन सुगरसहित दुई जना व्यक्ति पक्राउ परेका छन। बिजयनगर गाउंपालिका वडा ४ बरगदा बस्ने बर्ष २८ का मतिउल्ला मुसलमान र पछाडी बसेका वडा ३ कडिहारका बर्ष २५ का मैराज अहमदको खानतलासी गर्दा मतिउल्ला मुसलमानको साथबाट ४ पुडिया लागु औषध ब्राउन सुगर बरामद गरिएकाे प्रहरी स्राेतले जनाएको छ ।
प्रहरी स्राेत अनुसार कुल ८२० मिलिग्राम ब्राउन सुगर बिलेडको टुक्रा, टेक्नाे कम्पनीको मोबाईल, रातो कालो रङको बा ६१ प ८५५४ नंम्बरको पल्सर मोटरसाईकल र मैराज अहमदको साथबाट भिभाे कम्पनीको मोबाईल समेत फेला परेकाे छ । दुवै जनालाई पक्राउ गरेपछि अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको कपिलवस्तु प्रहरीले बताएकाे छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्