Friday, May 29Nepali Online News Portal

प्रहरीद्वारा ८ लाख बढीको अवैध सामान नियन्त्रण


   

बिनोद ओझा
कृष्णानगर /रुपन्देहीको सियारी गाउँपालिका–२ स्थित कटुवा भन्ने ठाउँबाट प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको ८ लाख रुपैयाँ भन्दा धेरै मूल्यका विभिन्न सामान नियन्त्रणमा लिएको छ
जिल्ला प्रहरी कार्याल्यबाट खटिएको टोलीले उक्त ठाउँमा चेकजाँंचका क्रममा भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरीपैठारी गरि ल्याउँदै गरेको अवस्थामा मोवाइल फोन, मोवाइल फोनका विभिन्न सामान र केही कस्मेटिक सामान नियन्त्रणमा लिएको हो
नियन्त्रणमा लिइएका सामानमा बिभिन्न किसिमका मोबाइलका ग्लास ४ हजार पिस, बिभिन्न किसिमका मोबाइलका कभर ७ सय ४ थान, यरफोन १ हजार ९ सय ६० थान, मोबाइल चार्जर केबल १ हजार ५ सय ८८ थान र बिभिन्न किसिमका कस्मेटिक सामान छन् ।

नियन्त्रणमा लिइएका ति सामानको मूल्य ८ लाख १० हजार, ७ सय ६० रुपैयाँ रहेको र थप कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीले बताए ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्