सुधांशु गिरी
कृष्णनगर/ बैशाख १३
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले मिति २०८१ बैशाख १२ गते बुधबारका दिन कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह ज्युलाई ज्ञापन पत्र बुझायेको छ ।
नेपाली श्रम मर्यादित र न्यायपुर्ण बनाउन निम्ति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले लामो समय देखि विभिन्न किसिमले अवाज उठाइरहेको छ । श्रमिकहरुको न्युनतम ज्याला र स्थानिय सरकार संचालन ऐन २०७४ उपदफा १०२ बमोजिम श्रमडेष्क स्थापना तथा श्रमिक पंजिकरण सम्बन्धि कुनै काम कार्यन्वयन नभएकोले यस महासंघको ध्यानाकर्षण भएको छ ।
केही मागहरु :-
१) आम श्रमिकहरुको निम्नानुसार न्युनतम ज्याला/तलब कार्यन्वयन गराउन पहल गरियोस ।
(क) मासिक आधारभुत तलब रु.१०८२०/-, महड्गी भत्ता रु.६४८०/- जम्मा रु.१७३००/-
(ख) दैनिक आधारभुत ज्याला रु.४९५/-, महड्गी भत्ता रु.२५०/- जम्मा रु.६६८/-
(ग) प्रती घण्टा आधारभुत ज्याला रु.६६/-, महड्गी भत्ता रु.३३ जम्मा रु.८९
(घ) आंशिक समयका श्रमिक्लाई प्रती घण्टा रु.९५/-
२) योगदानमा आधारित समाजिक सुरक्षा कोषमा जारी ऐन नियमावली र कार्यविधि बमोजिम सुचिकृत गरि सबै श्रमिकहरुलाई समाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल थालियोस ।
३) स्थानिय सरकार संचालन ऐनको उपदफा १०२ बमोजिम श्रमडेष्क स्थापना गरि श्रमिक पंजिकरण गर्ने कामको तत्काल कार्यन्वयन गरियोस ।
ज्ञापन पत्र बुझाउने बेला कृष्णनगर उपमेयर सल्लाहकार- भुलन चौधरी, जिफन्ट जिल्ला अध्यक्ष- शारदा परियार, जिफन्ट जिल्ला सचिब- जीवन के.सी., मोहन के.सी., लामा, राज रिजाल(का.बा.अध्यक्ष) कृष्णा देवी सिंह, आरती शर्मा, पार्टी सदस्य- गोपाल प्यारे चन्देल, समशुल हुदा लगायतहरुको उपस्तिथि थियो ।
