Saturday, December 6Nepali Online News Portal

जसपाको बैठक सम्पन्न सातै प्रदेशमा सुज अभियान सहितका विभिन्न निर्णयहरु पारित


   

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको प्रथम बैठक भाद्र १ र २ गते विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न

निर्णयहरू :

१) वर्तमान परिस्थिति र हाम्रो कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन पारित ।

२) जनता समाजवादी पार्टी, नेपालको नियमावली पारित ।

३) संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान) निर्देशिका पारित ।

४) प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने ।

– प्रदेश नम्बर १, स्थान बिराटनगर, मिति भाद्र ९ गते

– प्रदेश नम्बर २, स्थान जनकपुर, मिति भाद्र ११ गते

– वाग्मती र गैर भौगोलिक प्रदेश, स्थान काठमाडौ, मिति भाद्र ९ गते

– गण्डकी प्रदेश, स्थान पोखरा, मिति भाद्र १५ गते

– लुम्बिनी प्रदेश, स्थान भैरहवा, मिति भाद्र १३ गते

– कर्णाली प्रदेश, स्थान सुर्खेत, मिति भाद्र १७ गते

– सूप प्रदेश, स्थान धनगढी, मिति भाद्र ११ गते

५) १४ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित

६) जसपा, नेपाल विद्यमान सरकारमा सम्मानजनक ढंगले सहभागी हुने निर्णय ।

७) सुज अभियान सञ्चालनका लागि वरिष्ठ नेता अशोक राईको संयोजकत्वमा रेणु कुमारी यादव, गंगानारायण श्रेष्ठ, रामसहाय प्रसाद यादव, डम्बर खतिवडा, प्रकाश अधिकारी, रमेश यादव र एक सदस्य पछि थप्ने गरि ८ सदस्यीय सचिवालय गठन ।

८) केन्द्रीय समितिप्रति उत्तरदायी रहने गरि केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णयहरू अनुमोदन

९) प्रेमकृष्ण पाठकलाई क्रान्तियोद्धाको रुपमा सम्मान गर्ने निर्णय ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्