
सुधांशु गिरी
कृष्णनगर न.पा./ मंसिर १७
कृष्णनगर न.पा. अन्तरगत रहेका विभिन्न सरकारी कार्यालयको आफ्नो भवन न रहेको कारण भाडामा बस्ना र काम गर्ना बाध्य भएका छन । सकरकारी भवन न रहेको कारण कार्यालयमा रहेका कागजात र गोप्यनियता पनि देखिदैन ।
सरकारी भवन मध्ये कृष्णनगर लिंक गेट (प्रहरी चौकि जीर्ण अवस्थामा, पुर्णनिर्माण जरुरी), सिर्सिहवा प्रहरी चौकी, सिर्सिहवा स्वास्थ्य चौकी (भाडामा बस्न बाध्य), बेदर्मी प्रहरी चौकी(जग्गा हुदाहुदै वडाकार्यालमा बस्न बाध्य), कोटिया बढनी प्रहरी चौकी जीर्ण अवस्थामा, भिल्मी प्रहरी चौकी लागयतका विभिन्न कार्यालयलाई बनाउने अति अवश्यक रहेछ ।
यसै गरि कृष्णनगर नेपाल सशस्त्र प्रहरी गुल्मको बसोबासको व्यवस्थापन जरुरी, कृष्णनगर नेपाल ट्राफिक प्रहरी कार्यालय को व्यस्थापन जरुरी(होटेको कोठामा बसोबास गर्दैगरेको, गोप्यनियता छैन । पुरानो नेपाल इलाका प्रहरी कार्यालय, कृष्णनगरको व्यस्थापनको जरुरी, यसै गरि धेरै भवनहरुको अवस्था एकदमै दैनिये हालत मा रहेको छ तर गृहम्न्त्रालय (गृहमन्त्री), लुम्बिनी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय (जिल्ला प्रशासन अधिकरी) तौलिहवा, जिल्ला प्रहरी कार्याल तौलिहवा, उधोग वाणिज्य संघ, स्थानिये सरकार, सांसद, मंत्री, नेताहरु, समाजसेवी कसैको आँखा पुगेको छैन ।
आफू पहुचवालाहरुले पनि आँखा चिम्लेर, मुखमा टेप लगायेरा, आफुलाई बाधेरा राखेको छन । कृष्णनगर नगरपालिका को शिवानगर पोखरीको नजिक रहेका डी जग्गालाई प्रयोगमा ल्याई नेपाल ट्राफिक प्रहरी कार्यालय बनाई दियेमा कस्तो हुन्थ्यो ? नेपाल सशस्त्र प्रहरी बल गुल्मको व्यस्थापन कृष्णनगर नगरपालिका शिवानगरमा खाली रहेका होल्डिंग सेन्टर नै सौपी दियेमा कस्तो हुन्थ्यो ?
कृष्णनगर नगरपालिका लिंक गेट, प्रहरी चौकीको अवस्था एकदमै जीर्ण रहेको छ । कार्यालय प्रमुखहरु बस्ने कोठा पानी बाट बच्नुका लागि छतमा लास्टिक लगाई बसोबास गर्दै गरेको अवस्था छ ।
सहकर्मी :-
प्रदीप चौबे (शिवकुमार)
कृष्णनगर टुडे, आनलाइन मिडिया
कृष्णनगर, कपिलवस्तु, नेपाल
