Saturday, February 28Nepali Online News Portal

कृष्णनगर वाशी भव्यरुपमा मनाये तीज कार्यक्रम


   

सुधांशु गिरी
कृष्णनगर/ भदौ ६

कृष्णनगर नगरपालिका वडा.नं.२ सहयोग र सुपादेउराली महिला समुहको आयोजनामा कृष्णनगरको उधोग वाणिज्य संघ हालमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा तीज मिलन तथा शुभकामना अदानप्रदान कार्यक्रम बृहद तथा भव्य रुपमा मनाईयो । कार्यक्रम रेनु शर्मा र राहुल मोदनवालको व्यवस्थापनले सम्भव गरियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथीको रुपमा कृष्णनगर नगर प्रमुख – रजत प्रताप शाह, उधोग वाणिज्य संघ अध्यक्ष – रितेश शर्मा, पुर्व मंन्त्री – विरेन्द्र कानोडिया, कृष्णनगर नगर सभापती – विनय कुमार गिरी, ब्रमहान्नद उपाध्याय, मुकेश्वर मिश्रा, नेपाल सशस्त्र प्रहरी बल कृष्णनगर डी.एस.पी – चौधरी, शिवराज नगरपालिका उप-प्रमुख – शिव कुमारी चौधरी लगायतको समाजसेवी -सुनिल कुमार मोदनवाल, मंन्त्री प्रतिनिधि र स्वा.सचिव – बृजेश कुमार गुप्ता, शेखर वर्मा, भारतीये संचारकर्मी – अजय गुप्ता, विकास सिंह, नेपाल अवध पत्रीकाको संपादक – निरहु यादव, कृष्णनगर टुडे संचारकर्मी/ सहायक – प्रदीप चौबे, हरुको उपस्तिथि रह्यो ।

तीज भनेको महिलाहरु २४औ घण्टा व्रत बसि अर्को दिन नाच्दै, गाउदै रमाउदै खाना खाई व्रत खोल्ने गरेको हुन्छ । कृष्णनगर उधोग वाणिज्य संघको हालमा मात्र महिलाहरुको संख्या अन्दाजी ८००/८५० रहेको थियो । कार्यक्रमको शुरुवात नेपाली राष्टिय गीत बाट भयो । यस प्रकारको तीज कार्यक्रममा कपिलवस्तुमा मनाइयेको छैना होला ।

एक जना सानी नानीले आफ्नो मीठो र राम्रो नाच देखाई तीज कार्यक्रमको शोभा बढाईन । स्वागत मन्तव्यमा शाह, शर्मा, र कनोडियाले यस्तो भव्य तीज कार्यक्रम सायदै कपिलवस्तुमा मनाईयेको होला भने आफ्नो कुरा राख्नुको साथ अगामी वर्षमा यस भन्दा अझै भव्य तीज कार्यक्रम मनाईनेछ भनि आफ्नो विचार व्यक्त गर्नु भयो । विशिष्ट अतिथी, अतिथि, महिला, बालिकाहरु र सर्वसाधारण मंचमा गइ तीजको उप्लक्षमा नाच्नु भएको हो र कार्यक्रमको समापन्न गरियो ।

सहकर्मी – प्रदीप चौबे

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्