Saturday, February 28Nepali Online News Portal

मन्दिरको बीचबाट बाटोको नजायज मांग


   

सुधांशु गिरी
कृष्णनगर/ साउन ८

कृष्णनगर नगरपालिका-३, श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिर संंरक्षण समितीको छेउमा विगत ६ महिना देखि नन्दलाल चौधरीले धर्मशालाको नाममा घर बनाउदै गरेको हो । मन्दिर वर्ष २०१६ लोकार्पण भएको जानकारी भएको हो ।

१० धुर भुमी स्व. बालगोविन्द वर्मा पत्नि स्व. गुलाबी देवी वर्मा पुत्र श्री राम कुमार वर्मा पत्नि श्री नन्दकिशोर वर्मा एवम चिन्का देवी वर्मा सुपुत्री पुनम कुमारी वर्मा द्वारा २०५६ साल बैशाखको पुर्णिामामा श्री श्री शिव मन्दिर हनुमान मन्दिरको नामले दियेको हुन ।

स्व. नारायणदाश बाबाले विगत ३ वर्ष सम्मा श्री श्री शिव मन्दिर हनुमान मन्दिरको निस्वार्थ भावले पुजापाठ गर्नु भयो । सन २०१६ मई १६ मा कृष्णनगरको गोरखनाथ पिठाधिश र गोरखपुर सांसद हिन्दु हृदय सम्राट श्री योगी आदित्यनाथ ज्यु महाराज बाट लोकार्पण गरियेको हो ।

हनुमान मन्दिरको पश्चिम् लगतै आनन्दपुर धामको भक्त चौधरीले जग्गा किनेको ६ महिना देखि घर निर्माणकार्य हुने क्रममा धर्मशाला बनाउदै छु भनि समाजमा झुठो बाचा गरेको हो । धर्मशाला आन्न्दपुरको नामले बनिरहेको भनी बनाउदै गरेको र श्री शिव मन्दिर हनुमानगढी लाई सौपी दिने छु भन्यो तर पछि के लालच, कसैको भनाईमा हो कि के कारणले अब आफू परिवार समेत बस्ने गरि भवन निर्माण भइ रहेको छ सम्पुर्णमा जानकारी गरायो । भवन निर्माणको बेला चौधरी द्वारा श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिरको बिच सम्मा जग्गा हुने दावा गरि र बाटो निकालनुको नजायज मांग गरेको हो भने श्री जिल्ला अदालतमा मुद्दा समेत हालेको पनि हुन ।

श्री भोलेश्वर नाथ शिव तथा हनुमान मन्दिरको पुर्ण रहेको कागजात चौधरी समक्ष पेश गर्दा आफुले मुद्दा फिर्ता लिने वादा गर्दा पनि मुद्दा फिर्ता लियेन । मन्दिरको बाउन्ड्री बाल देख्दा पनि स्पष्ट छ कि मन्दिरको बाउन्ड्री कुन जमानामा निर्माण भएको हो ।

सबै कुरा चौधरीलाई जानकारी हुदाहुदै जानीबुझी लालचमा बीच मन्दिर बाट चौधरीले बाटोको नाजायज मांग गरि दुख दिने काम मात्र गरेको हो । कुनै पनि व्यक्ती ले कुनै धर्मलाई क्ष्यति पुर्याउने काम गर्ना खोज्दा प्रचलित कानुन बामोजिम दण्ड सजायेको पनि प्रवोधान पनि छ ।
स्थानिये अनुसार कृष्णनगर नगरपालिकाको सहयोग नन्द किशोर चौधरीलाई रहेको जानकारी दियेको हुन ।

फोटो : प्रादीप चौबे

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्