Monday, January 12Nepali Online News Portal

मेयर द्वारा डीपीएस चैम्पको (DPS Champs) उद्घाटन


   

सुधांशु गिरी
बैशाख २/ गल्लामण्डी

कृष्णनगर नगरपालिका-२, गल्लामण्डीमा कृष्णनगर नगरपालिका नगर प्रमुख/ मेयर रजत प्रताप शाह द्वारा दीप प्रज्जवलन पछि फिता काटी डी.पी.एस (DPS Champs) चैप्मसको उद्घाटन गरियो ।

उद्घाटनमा प्रमुख अतिथी – रजत प्रताप शाह (मेयर- कृष्णनगर नगरपालिका), विशेष अतिथी – ई. अवन्ती कुमार तिवारी ( संस्थापक – DPS champs), दर्शनार्थी – ई. प्रदीप अग्रहरी( प्रधानाध्यापक) र आशिष अग्रहरी रहे । उद्घाटनको बेला – बिनय कुमार गिरी, राशिद मिर्जा, राम गोपाल गोयल, गोपाल चन्डेल, सुनिल कुमार मोदनवाल, रेनु शर्मा, मुक्तेश्वर मिश्रा, घनश्याम अग्रहरी, गौरव मणि त्रिपाठी, राहुल मोदनवाल, संजय गुप्ता, बिपिन गुप्ता लगायतका उपस्थिति रह्यो ।

शिक्षाको क्षेत्रमा नौलो सोचाई, तरिका, ऐडवान्स तकनिकी द्वारा शिक्षा दिने चैम्पस को उद्घाटन भएको हो । विधालय D.P.S. Champs हाम्रो नगर शहरमा आयेको हो । चैम्पस विधालय भारत, दुबइ, बंगलादेश, लागयत नेपालमा बिराटनगर, धरान,  इटहरी र कृष्णनगर – २, गल्लामण्डी कपिलवस्तु ल्याउनका कारण शिक्षा लाई एडवान्स तरिका दिनु हो । शिक्षा डिजिटल (Smart Board) र पुर्ण रुपले सितल वातावरणमा हुने हो । कैमब्रीजको पाठ्यसामग्री बाट अध्यापन गराउने छन ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्