प्रदीप चौबे
कृष्णनगर-४, रमवापुर
नेपाल सरकार स्वास्थ्य मन्त्रालय निर्देशनानुसार नेपाल अधिराज्य भरि बालबालिकाको पोषण लेखाजोखा गरियेको हो । नियमित चल्ने कार्यक्रम अन्तरगर्त ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा (MASS SCREENING)कार्यक्रम भई रहेको छ ।
कृष्णनगर न.पा.क.व.-४ सिर्सिहवा स्वास्थ्य चौकी रमवापुर गाउँमा पृथी पाल तेली (कालिका स्वावलम्बन समाजिक केन्द्र – समुदायिक प्ररिचालक)को अगुविइमा सिर्सिहवा स्वास्थ्य चौकीका स्वास्थ्य कर्मचारी कार्यालय प्रमुख – राम कुमार गुप्ता (सि.अ.हे.वा), बिरेन्द्र गुप्ता (अ.हे.वा), अकिंता चौधरी (अ.हे.वा), स्वास्थ्य सेविका – अजोरमति मौर्या, कल्पना देवी चौबे (स्वास्थ्य सेविका), वडा नं.-४ का वडा अध्यक्ष- घन्श्याम अग्रहरी लगायत ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा कार्यक्रममा गरियेको छ ।
कृष्णनगर न.पा. कपिलवस्तुको सहयोगमा ६ देखि ५९ महिनाका बालबालिकाको पोषण अवस्था लेखाजोखा (MASS SCREENING)कार्यक्रम भएको जानकारी पृथी पाल तेली (कालिका स्वावलम्बन समाजिक केन्द्र – समुदायिक प्ररिचालक) बाट प्राप्त भएको हो ।
