Monday, January 12Nepali Online News Portal

भंसार छली गरि तस्करी, सम्बन्धित निकाय मौन


   

प्रदीप चौबे
यात्रु गेट/ पुष १६

कृष्णनगरका लिंक गेट, यात्रु गेट, चमनगंज (ट्रांन्सफर्मर) लागयात नाकाहरु छन । मिति २०८२ साल पुष १६ गते समय अं. विहना ०९:३७ बजे कृष्णनगर सानो भंसारका नामले चिन्ने यात्रुगेट नाका बाट चामल, हरियो तरकारी (गोभी, हरियो मटर, आलु) लगायत मालसमान भंसार छलि गरि नेपाल जनपथ प्रहरी र नेपाल सशस्त्र प्रहरी बलकै उपस्थितिमा भढनी बाट कृष्णनगर बजारमा ल्याई दोब्बर तेब्बर दाममा बेचिरहेका छन ।
त्यस प्रकारको क्रियाकलापले स्थानिये किसान बाट ल्याइयेका हरियो सागसब्जीको किसान द्वारा लगायेको उचित दाम निस्किन न सकेकोले चिंतित रहेका छन ।
बजारमा नेपाल सशस्त्र प्रहरी बल र नेपाल जनपद प्रहरी बलका घुमुवाहरु घुमीरहेका छन तर पनि तस्कारी कसरी, किन र कुन कारणले सम्भव हुन सकेको छ । दुवै दलका घुमुवाहरुलाई सबै थाहा हुदाहुदै पनि किन मौन घारण रहेको छन ।
कृष्णनगर र वरिपरि रहेका नाकाहरुमा के कस्ता गतिविधी चलिरहेका छन दुवै दलका घुमुवाहरुलाई राम्रो तरिकाले जानकारी छ ।

सहयोगी :- सुधांशु गिरी (सह सम्पादक)
कृष्णनगर टुडे (आँनलाईन खबर)
कृष्णनगर, कपिलवस्तु नेपाल

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्