Tuesday, December 16Nepali Online News Portal

भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद


   

धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुमा भारतबाट तस्करी गरेर ल्याइएको १८१ बोरा युरिया मल बरामद गरिएको छ । स्थानीय तस्कर समूहसँग मिलेर कपिलवस्तुको शिवराज नगरपालिका–७ रुद्रपुरस्थित जय अम्बे प्लाइउड इन्डस्ट्रिज प्रालिको फ्याक्ट्रीभित्र भित्र्याइएको युरिया मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

ट्रकमा लोड गरिएको उत्त मल नियन्त्रणमा लिई अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) तुला चौधरीले जानकारी दिए। उनका अनुसार बरामद भारतीय युरिया मल र प्रयोग भएको ट्रक कृष्णनगर भन्सार कार्यालयलाई बुझाइएको छ । उक्त इण्डस्ट्रिज स्थानीय व्यापारी मनोज कनौडियाको हो ।

स्थानीय प्लाइउड उद्योगहरूले युरिया मललाई प्लाइ टाँस्ने गोंदको रूपमा प्रयोग गर्ने गरेका छन्। कपिलवस्तुमा रहेका करिब एक दर्जन प्लाइउड उद्योगले अवैध रूपमा आयात गरिएको युरिया मल प्रयोग गर्ने गरिएको आशंका छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्