Sunday, December 14Nepali Online News Portal

जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम


   
oplus_0

सुधांशु गिरी
शिवराज/ मंसिर २१

जतना समाजवादी पार्टी पुर्नगठन कार्यक्रम लुम्बिनी ग्रीन रेसोर्ट चन्द्रौटा, कपिलवस्तुमा सम्पन्न भयो ।

मिति २०८२ मंसिर २० गते भएको जसपा पुनर्गठन कार्यक्रममा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ । शनिबार कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्ष पदमा नेत्र बहादुर थापा, मोहम्मद अस्लम अन्सारी एवम् लालिमा मल्ललाई चयन गरिएको छ । त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र चुनिएका छन् भने सचिव पदमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्ष पदमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।

त्यस्तै प्रदेश सदस्यहरुमा राजिव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान, मोसिम कमल, मोहम्मद अनिकुर रहमान, शिर बहादुर बुढा, बिन कुमार बुढा, रमजान अली, दीपक गुप्ता, कृष्ण गुप्ता, इरफान अलि, राकेह कुर्मी, महनाज खान, इन्द्र बहादुर गेलाङ, कविता मुखिया, कलामुद्दीन खान, राजेन्द्र विक, राजकुमार गाह, सिर्जना भण्डारी, तुलसादेवी श्रेष्ठ लगायत ४२ जना चयन भएका छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्