
धर्मेन्द्र कुमार कुर्मी
विजयनगर, १९ मंसिर ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस कार्यक्रमका साथ मनाएको छ । “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वयंसेविकाको योगदान” भन्ने मूलनाराका साथ ‘स्वयंसेविकाकाे भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रम गरि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको हाे ।
शुक्रबार गाउँपालिकाको सभाहल खडैचामा आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका पदाधिकारी, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको सहभागीतामा साे दिवस मनाइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यत्ज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले महिला स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्य प्रवर्द्धनका मुख्य आधार भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा विगत वर्ष भन्दा धेरै सुधार र प्रगति भएको बताउँदै निरन्तर सेवाप्रतिको उनीहरूको समर्पणप्रति अतुलनीय रहेकाे बताए । उनीहरुकाे सेवासुविधाप्रति विशेष ध्यानाकर्षण भएको बताए ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले स्वास्थ्य सेवामा स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दैे आएकाे बताइन् । उनलेे स्वयंसेविकाहरुले अहाेरात्र खटिएकै कारण गाउँपालिकालाई स्वस्थ र सशक्त समुदाय निर्माणतर्फ अघि बढेको बताइन् ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियता र मिहिनेतकै कारण गाउँपालिकामा महत्वपूर्ण स्वास्थ्य सूचकाङ्कमा सुधार आएको उल्लेख गर्दै निरन्तर समन्वय र सहकार्यको आवश्यकता औँल्याए ।
दिवसमा वक्ताहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्थानीय समुदायमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्न प्रोत्साहन गरेका थिए ।
कार्यक्रम स्वास्थ्य चाैकी गणेशपुरका प्रमुख गाैतम रायकाे स्वागत मन्तव्य र स्वास्थ्य शाखाका अधिकृत इन्द्र प्रसाद भण्डारीकाे सञ्चालनमा सम्पन्न ।
