Saturday, February 28Nepali Online News Portal

एक मिनेट चेतना कार्यक्रम


   

प्रदीप चौबे (शिव किमार)
कृष्णनगर/ कार्तिक २७

मिति २०८२ साल कार्तिक २७ गते दिन बिहीवार कृष्णनगर नेपाल खाने पानी संस्थाको नजिक ट्राफिक सइ दीपक राज गिरी ज्युको नेतृत्वमा एक मिनेट ट्राफिक सम्बन्धि चेतना कार्यक्रम सम्पन्न भएको हो ।

बाटोमा सानो, ठूलो सवारीसाधन, साईकल जस्ता चालकहरु लाई रोकी कुन तरिकाले गाडी चलाउदा राम्रो, कुन कस्ता गाडीहरु लाई प्राथमिकता दिने, कुनै कता (चार, तीन बाटो भएको) घुमाउदा इन्डिकेटरको प्रयोग गर्ने, हाई लो लाईट बिम कसरी र कुन ठाउमा प्रयोग गर्ने, जस्ता कुराहरु को जानकारी दिनु भयो । साथै नागरिक ऐप को प्रयोग बारे पनि प्रयोग बताउनु भयो ।

सवारीसाधनका साथ ब्लु बुक, सवरी चालक अनुमतिपत्र लगायत कागजात लियेरा हिडने । मोटरसाइकल चलाउदा हेल्मेट, जुत्ता, मास्क, चस्मा, दुई भन्दा बढी न बसालने यसै गरि कार चलाउदा सीट बेल्ट लगाउने जस्ता विभिन्न कुराको छोटरीमा जानकारी दिनु भयो ।

सहयोगी :- सुधांशु गिरी

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्