
बिनोद ओझा
कृष्णनगरको विभिन्न नाका जस्तै कुकुर्भुकुवा, सिर्सिहवा, ठकुरापुर, लिंक गेट र यात्रु गेट हुँदै गरेको तस्करी भइ रहेको छ तर पनि नेपाल सशस्त्र प्रहरी कृष्णनगर, नेपाल प्रहरी कृष्णनगरको उपस्थितिमा चिनी, कपडा, मेसेनरी समान,कुखुरा जस्ता समानहरु भारत बाट तस्करी भई नेपालको कृष्णनगर, बहादुरगंज, चन्द्रौटाको बजार सम्मा पुग्ने गरेको छन ।
कृष्णगरको लिंक गेट, यात्रु गेट बाट ल्याई जुन नाकामा दुबै सुरक्षा निकाय, दुइटै चेक पोष्ट (नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, कृष्णनगर) हुँदै बहादुरगंज, चन्द्रौटा बजार सम्मा पुग्ने गरेको हुन्छ तर दुवै चेक पोष्टमा कहिले पनि माल समान चेक न भइ सरासर निस्केको हुन्छ ।
दुवै चेक पोष्टमा कुन प्रकारको मालसमान र गाडीहरुको चेक जाँच हुने गरेको छन जस्ले तस्करी भएको चिनी, कपडा र मेसेनरी आईटमहरु चन्द्रौटाको बजार सम्मा पुग्न सफल हुन्छ ?
