
सुधांशु गिरी
बेदर्मी-१२/ कार्तिक २१
कृष्णनगर नगरपालिका-१२, बेदमऊको त्रिपाठी कम्पलेकसमा सुदीपको अगुवाईमा सफलतापुर्बक आँखा शिविर सम्पन्न भएको छ ।
विगत केही दिन देखि अथक प्रयासले कृष्णनगर नगरपालिका-१२, बेदमऊ निवासी समाजसेवी सुदीप कुमार त्रिपाठीको प्रयास र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवा (श्री रण अम्बिका शाह आँखा अस्पताल, कृष्णनगर शाखा)को सहयोगले शिविर समपन्न भएको जानकारी त्रिपाठीले दिनु भएको हो ।
त्रिपाठीका अनुसार शिविरमा कुल ९५ जनाको आँखा जाँच भएको को जस्मा मोतियाबिन्दको लक्षण महिला-१२ र पुरुष-१८ जम्मा ३० जनामा देखियेको छ । उक्त शिविरमा राम्रो तरिकाले चेकजाँच गरि औषध पनि दिनुका साथ आवश्यकता भएकोमा चश्मा लगाउने सुझाव-सल्लाह दियेका हुन ।
श्री रण अम्बिका शाह आँखा अस्पताल, कृष्णनगर शाखाका शिविमा चेकजाँच गर्ने डा. रविन्द्र गुप्ता, सहयोगी रुद्र नारायण गोसाई, अजय नाऊँ ठाकुर, तारा पोख्रेल र निशा लोध थिये ।
सुरक्षा निम्ति नेपाल प्रहरी चौकी इन्चार्ज/ प्रमुख – लक्ष्मण सेन (अ.स.इ) को उपस्थिति रह्यो । शिविर विहाना १० बजे देखि साझा ३ बजे सम्मा रहेको थियो ।
