Monday, January 12Nepali Online News Portal

ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रम


   
oplus_0

सुधांशु गिरी
कृष्णनगर, भंसार/ कार्तिक २१

कृष्णनगर नगरपालिकाका उधोग वाणिज्य संघका अध्यक्ष- रितेश शर्मा ज्युको अध्यक्षतामा कृष्णनगर नेपाल भंसार कार्यालको यात्रु शाखाको भवनमा ट्राफिक र नेपाल भंसार संबंधित जन चेतना कार्याक्रम सम्पन्न भएको हो ।

भारत बाट नेपालको विभिन्न स्थानहरु – काठमाडौको पशुपतिनाथ मन्दिर लगायत तीर्थ स्थाल, पोखारा, लुम्बिनी, बुटवल, तौलिहवा, सुपादेउराली, प्रभुनाथ दर्शन लगायतका स्थानहरु घुम्ना निमित भारतीय यात्रु आफ्नो सुविधानुसार भारतीय नम्बर भएका सवारीसाधन लगायत ल्याउने गरेका छन । नेपाल भित्र विभिन्न स्थान घुम्न जादा गाडीको भंसार गराउने, पटके (रोड पर्मिट) लिने, ट्राफिक नियमानुसार मोटरसाइकलको हकमा हेल्मेट र हेल्मेटको फिता लगाउने, दुई भन्दा बढी सवारी न बस्ने, जुत्ता लगाई चलाउने, चार चक्केको हकमा सीट बेल्ट लगाउने, सीट भन्दा बढी सवारी न बसाल्ने, दुबै गाडीको हकमा – हेडलाईट अवश्यकतानुसार हाई/ लो गर्ने, इन्डिकेटरको प्रयोग गर्ने, लगायतका नियानुसार गाडीचलादा कुनै पनि स्थानमा ट्राफिक प्रहरी दुख दिने सकिदैन । सीटबेल्ट, हेल्मेट, तीन सवारी, कारमा सीट भन्दा बढी मान्छे बसाल्ने जस्ता गल्ती जानीअन्जानी गरेमा कानुन बामोजिम कार्यावाही हुने छ त्यो नेपाली सवारीसाधन होस अथवा भारतीय नम्बर भएको सवारीसाधन होस ।
कार्याक्रमा ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे बाट आउनु भएका ट्राफिक प्रहरी निरीक्षक- राजन ढकाल द्वारा हिन्दी शब्दमा छापियेको पामप्लेट पढी सुनाउनु भएको छ । यसै क्रममा नेपाल भंसार कार्यालय कृष्णनगर प्रमुख-  भंसार सम्बन्धि नियमकानुन बताउनु भयो ।
ट्राफिक र भंसार सम्बन्धि भारतीय प्रयटकहरुलाई जनचेतना मुलक कार्यक्रममा कार्यक्रम अध्यक्षताको आसन उधोग वाणिज्य संघ कृष्णनगर अध्यक्ष- रितेश शर्मा ग्रहण गर्नु भयो, प्रमुख अतिथी- प्रमुख अनुसार अधिकृत फणिन्द खतिवडा, अतिथि नेपाल सशस्त्र प्रहरी बल कृष्णागर उपरिक्षक- तुला बहादुर चौधरी, अतिथि इलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरीक्षक – इश्वर लौडारी, अतिथि कपिलवस्तु जिल्ला ट्राफिक निरीक्षक- अतिथि राजन ढकाल, कृष्णनगर न.पा.२ वडा अध्यक्ष – के.के.गुप्ता, सुनिल कुमार मोदनवल रेनु शर्मा र राहुल मोदनवाल, बब्लु चतुरवेदी, कृष्णनगर ट्राफिक प्रहरी इन्चार्ज- दिपक गिरी लगायतको उपस्थिति रहे ।
उधोग वाणिज्य संघ कृष्णनगर का अध्यक्ष – रितेश शर्मा ज्युले आफ्नो शब्दहरु राखि कार्यक्रमको समापन्न गर्नु भयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्