Monday, January 12Nepali Online News Portal

शिवराजको बनकसमा बस दुर्घटना : एक जनाको मृत्यु, पाँच जना घाइते ..


   
Oplus_131072

राज कुमार ठाकुर

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।
दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पहाडी मुलका पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताउनुभयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्