
सुधांशु गिरी
कृष्णनगर/ भदौ १०
मिति २०८२ साल भदौ ०९ गते दिन सोमवार कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका–२ स्थित शाह कम्प्लेक्स नजिकको झाडीमा आइतबार दिउँसो करिब १ बजे एक पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय, कृष्णनगरका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । मृतक करिब ५०–५५ वर्ष उमेरको, उचाइ करिब ५ फिट १ इन्च, गोरो–कालो वर्ण, छोटा कपाल, तथा दारी–जुँगा फुलेको व्यक्तिका रूपमा वर्णन गरिएको छ । फेला पर्ने बेलामा मृतकले सेतो सन्डो र निलो कट्टु लगाएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
शवलाई कपिलवस्तुस्थित पिपरा अस्पतालको शवगृहमा राखिएको छ।यदि कसैले मृतकलाई चिनेमा तुरुन्तै इलाका प्रहरी कार्यालय, कृष्णनगरमा +९७७ ९८५७०९०२७८, +९७७९८५७०५५२७८ वा प्रहरीको नि:शुल्क नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
