Saturday, February 28Nepali Online News Portal

प्रतापपुर गाउँपालिकाका समाजसेवी त्रीपाठी को भनाई


   

कृष्णा गिरी, नवलपरासी
भदौ ९

पश्चिम नवलपरासी को प्रतापपुर गाउँपालिका को बस्ने धीरज त्रिपाठी स्थानीय युवा नेता वा समाजसेवी को भनाइ यस प्रकार रहेको छ

सामान्य प्रधानमन्त्रीज्यू हाम्रो देशमा असारे आर्थिक वर्ष परिवर्तन गर्न अपरिहार्य नै भएको छ संसारमा वर्ष छैन। नेपालको हकमा चैत्र मसान्तलाई नै आर्थिक वर्ष को समापन बनाउन हार्दिक अनुरोध गर्दछु। असारमा सकिने आर्थिक वर्षले देशलाई धेरै बर्बाद बनाइएको छ।
के प्राविधिक हिसाबले उत्तम महिना हो त असार र उपयोग मौसमी महिना भएर हो कि जनताले कामकाजी महिना पनि परिन कि जनता आफ्नो समस्या समाधान गर्न हिँडडुल गर्न सजिलो हुने महिना हो कि अरु महिनाको हिसाबले आम्दानी हुने र लेनदेन मिलाउने पनि सजिलो हुने महिना भएर हो कि धेरै विषयमा अमेल भएको असार मसान्त मा फेरिने आर्थिक वर्षबारे हल सम्म कसैको ध्यान नपुगे हो कि

विकास निर्माणका कार्य गर्न असारको अन्तिममा सजिलो हुने भनेर हो कि नेपालको भू बनावट र प्राकृतिक हिसाब ले पनि सबैलाई सहज हुने भएर हो कि प्रशासनिक सहजताले हो असारमै आर्थिक वर्ष बनाउन पर्ने विकासका काम पानी आउने मौसममा गर्दा बलियो र भर पर्दो भएको ले हो कि कामदार को मुख्य कम भएर लागत कम लागे भएर हो कि ज्योतिस शास्त्र ले असारमा गरिने विकास राम्रो हुन्छ भन्ने हो कि राजनीतिक शास्त्र पनि उपयुक्त महिना भएर हो कि राणतन्त्र राजतन्त्र प्रजातन्त्र अनि गणतन्त्र हो कि
समाज शास्त्र अर्थ शास्त्र विकास शास्त्र क्रमशास्त्र यो कुनै पनि शस्त्र र तन्त्रले असार आर्थिक उपयुक्त हो जस्तो लाग्दैन अहिले सम्म असारमा आर्थिक वर्ष सकिने उपयुक्त महिना कर्मचारी सस्त्र र तन्त्र बाट सञ्चालित भएर हो देशमा कर्मचारी शास्त्रबाट चलेर हो

वास्तवमा देशमा भ्रष्टाचार रोक्न अर्को मुख्य विषय अब असारे विकास रोक्नु पर्छ यो मुख्य नीतिगत भ्रष्टाचार को स्रोत हो। राज्य कोष र नेपाली जनताले तिरेको कर को नीतिगत भ्रष्टाचारको समय हो कर्मचारी देखि जनप्रतिनिधि अनि नेता सम्ममा मोटाउने समय हो नयाँ वर्षसँगै आर्थिक वर्ष पनि परिवर्तन को बहस सञ्चालन गर्नु पर्दछ संसारमा आर्थिक वर्ष फेरिने नीति धेरै कुराले असफल भएको देखिन्छ।

तसर्थ आर्थिक वर्ष परिवर्तन गर्ने पर्छ नयाँ वर्ष वैशाखसँगै आर्थिक वर्ष को सुरुवात हुनु जरुरी छ। किनकि हाम्रो देशमा कर्मचारी तन्त्र छ जताततै भ्रष्टाचारको लिगेसी छ कर्मचारी हरु को मिलो मतो मा देशमा परिवर्तन गर्नुपर्छ। धेरै यो हामी लिम नै गर्ने हो कोही आएर यहाँ गर्दैन।

होइन भने देशमा विभिन्न खाले परिवर्तन हुँदा आर्थिक वर्ष परिवर्तन पनि परिवर्तन हुन्थ्यो अरु विषयमा नेता सफल भए पनि यो विषयमा जहिले कर्मचारी हावी भएको देखियो देशमा व्यवस्थापन फेरिन्छ राष्ट्रिय गान फेरिन्छ तर भ्रष्टाचार को मुहाने महिना असारे विकास कहिले फेरिन किन!!! धन्यवाद।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्