
प्रदीप चौबे
कृष्णनगर / असार २८
मिति २०८२ साल असार २८ गते एम्नेष्टी इन्टरनेसनल नेपाल समुह-५१ कपिलवस्तुको साधरण सभा कार्यक्रमको अध्यक्ष फजल महमुद खानको अध्यक्षतामा सम्पन्न भयो ।
अन्तर्राष्ट्रिय मानव अधिकार क्षेत्रमा काम गर्ने एम्नेष्टी इन्टरनेसनल नेपाल समूह-५१ कपिलवस्तुको आठौ साधरण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा समूह-५१ कपिलवस्तुको उप-संयोजक/ कार्यक्रम अध्यक्ष फजल महमुद खान, प्रमुख अतिथी- मौलाना महसुद खां नेपाली, सदस्य- राधे श्याम शुक्ला, सुधांशु गिरी, शेर बहादुर बि.क, कमला प्रसाद भुसाल, कृष प्रसाद घिमिरे, आमन्त्रित मो.इशहाक, साजिद अलि मुसलमा, नारायणी पाण्डे, सुनिल कुमार मोदनवाल र अरशद अहमद खां लगायतको उपस्थिति रह्यो ।
कार्यक्रममा प्राय सबै जनाले आ-आफ्नो कुरा राख्नु भयो । एम्नेष्टीलाई कृष्णनगरमा कुन प्रकारले मजबुत बनाउने र समूह विस्तार गर्ने सम्बन्धमा बोल्नु भयो ।
कार्यक्रमको बेला चार (४) प्रस्ताव माथि चलफल पनि गरियो । कार्यक्रमको संचालक एम्नेष्टी इन्टरनेसनल नेपाल समुह-५१ कपिलवस्तुको सदस्य सुधांशु गिरीले गर्नु भएको हो ।
कार्यक्रमको अन्तमा कार्यक्रमको अध्यक्षता गरि रहनु भएको उप-संयोजक आफ्नो केही कुराहरु राख्दै कार्यक्रमको समापन्न गरिनु भयो ।
