Saturday, February 28Nepali Online News Portal

पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा


   

धर्मेन्द्र कुमार कुर्मी
कपिलवस्तु, १ जेष्ठ

कपिलवस्तुकाे विजयनगर गाउँ पालिकालाई पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच पूर्ण खाेप दिगाेपना सुनिश्चितता गाउँपालिका घाेषणा गरिएको जनाइएको हो । विजयनगर गाउँपालिका जिल्लामा दाेस्राे पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा भएकाे स्वास्थ्यका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिए ।

सरकारले उपलब्ध गराएको खाेप पूर्ण रुपमा बालबालिकालाई लगाइएकाे सुनिश्चित भइसकेपछि जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यद्वारा पानसमा बत्ती बालेर पूर्ण खाेप दिगाेपना सुनिश्चिता पालिका घाेषणा गरिएको हाे । १६ महिलादेखि ५९ महिनासम्मका बालबालिकालाई पूर्ण खाेप दिई सुनिश्चित गरिएको हाे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले विजयनगर गाउँपालिका क्रमशः विकासतर्फ बढिरहेको बताएका छन् । उनले हरेक क्षेत्रमा विभिन्न सूचकहरु पुरा गरेर बिस्तारै अगाडी बढेेकाे तथ्यांकले देखाएको बताउँदै जिल्लामै स्वास्थ्य क्षेत्रमा प्रथम भई सम्मानितसमेत भएको बताए ।

सरकारकाे लगानी खेर जान नदिनुपर्नेमा जाेड दिँदै खाेप छुट्न नदिन सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह समेत गरे । उनलेे सुरक्षित मातृत्वका लागि स्वास्थ्य चाैकीमै बच्चा जन्माउनुुपर्ने जिकिर गर्दै स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्न गाउँपालिकालाई सुझावसमेेत दिए ।

यस्तै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले दिगाेपना घाेषणा निरन्तर अगाडी बढिरहेको बताए । उनले विभिन्न समस्याका बावजुद पनि पूर्ण खाेप दिगाेपना सुनिश्चितता घाेषणा गर्न सफल भएको बताए । स्राेतकाे व्यवस्थापन गरेर खाेप सेन्टरबाटै सहज रुपमा सेवा उपलब्ध गराउने बताउँदै स्वास्थ्य क्षेत्रमा मात्र नभएर चाैतर्फी विकासमा समृद्ध बन्दै गएको अध्यक्ष थापाकाे भनाइ छ । शिक्षा, कृषि, खानेपानी, सडक पुर्वाग्रह, भाैतिक संरचना लगायत क्षेत्रमा विकास हुँदै गएको बताए ।

यस्तै महिला स्वयंसेविका, स्वास्थ्यकर्मीका लगनशीलताले सफल भएको बताइन् । उनले यस्तै निरन्तर लाग्नुपर्ने बताउँदै उनीहरूकाे अहम भूमिका रहेकाे भन्दै प्रशंसाा समेत गरिन् । सरकारले उचित मुल्यांकन गरि स्वयंसेविकाकाे सेवा सुविधालाई बृद्धि गर्न जरुरी देखिएकाे उनलेे बताइन् ।

यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले हरेक वर्ष राम्रो परिणाम दिन सफल भएको बताए । उनले राेग लाग्न नदिने हिसाबले खाेप अभियान सञ्चालन गरिएको बताए । राष्ट्रिय स्तरमा खाेपकाे क्षमताकाे विकास हुनुपर्ने बताए । खाेप बारेमा समुदायमा बुझाउन सके दिगाे विकास हुने उनकाे भनाइ छ ।

कार्यक्रमलाई ७ को वार्ड अध्यक्ष दिनेश कुमार चाैधरी, खाेप अधिकृत दिवाकर महर्जन, विजयनगर आधारभूत अस्पतालका इन्चार्ज इन्द्र प्रसाद भण्डारी, स्वास्थ्य चाैकीका इन्चार्ज बिरेन्द्र कुमार चाैधरी लगायतले सम्बाधन गरेका थिए ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्