Sunday, December 7Nepali Online News Portal

भुमी समस्या आयोगद्धारा छलफल


   

कृष्णा गिरी
नवलपरासी , ५ चैत

भुमी समस्या समाधान आयोग पश्चिम नवलपरासीले जिल्लाको समग्र भुमी सम्वन्धी समस्या समाधानका लागी सरोकारवाला संग छलफल गरेको छ । बर्दघाट नगरपालिका नवलपरासीको आयोजनामा तथा भुमी समस्या समाधान आयोग , नवलपरासीको सहकार्यमा अब्यवस्थीत , दलित , भुमीहीनहरुको समस्या समाधान गर्न सरोकारवाला संग छलफल गरेको हो ।

बर्दघाट नगरपालिकामा आयोजीत कार्यक्रममा बिशेष गरी पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र न. १ लक्षीत गरी बर्दघाट , सरावल , सुस्ता र प्रतापपुर गाउंपालिका क्षेत्रमा देखीएको भुमी सम्वन्धी समस्या समाधानका लागी छलफल गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी संघीय सांसद बिनोद चौधरी पश्चिम नवलपरासीमो तोकिएकै समयमा भुमी आयोगको काम सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बोल्दै सांसद चौधरीले कोही पनि नागरिक भुमीहीन हुन नहुनेमा जोड दिदै यसका लागी भुमी आयोगले प्रभावकारी रुपमा समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ , प्रतापपुर गाउंपालिकका अध्यक्ष उमेश चन्द्र यादव , सुस्ता गाउंपालिका अध्यक्ष टेकनारायण उपाध्यक्ष , भुमी आयोगका पुर्व केन्द्रिय अध्यक्ष केशव निरौला लगायतले आ आफ्नो बिचार राख्नुभयो ।

सो अवसरमा आयोगका सदस्य सचिव एवंम् नापी कार्यालय परासीका प्रमुख कैलास पाण्डेले प्राप्त स्रोत साधनको अभावमा समयमै आयोगको काम प्रभावकारी रुपमा अघि बढ्न नसकेको बताउनुभयो ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्