Thursday, January 15Nepali Online News Portal

अमेरिकन राष्ट्रपति द्वारा नेपालमाथि टिप्पणी


   

सुधांशु गिरी
कृष्णनगर

“अमेरिकी राष्ट्रपति द्वारा नेपाल माथि आपत्तिजनक टिप्पणी:

देशको संप्रभुता र सम्मानमाथि गम्भीर आक्रमण ” माैलाना मशहुद खां नेपाली

नेपाली राष्ट्रको संकल्प: सम्मानको रक्षा गर्न एकता को ऐतिहासिक सन्देश

नेपालको संप्रभुता र सुरक्षा सुनिश्चित गर्नका लागि कृष्णनगरका वर्ड नम्बर ६ र ७ मा माओवादी केन्द्र पार्टीको आयोजनामा भव्य रुपमा बैठक सम्पन्न भयो। यस बैठकमा क्षेत्रीय नेताहरू, कार्यकर्ताहरु र नागरिकहरूको उत्साह र जोश उच्चतम बिन्दुमा थियो। यस कार्यक्रमले नेपालको स्वतन्त्रता, सम्मान र संप्रभुता बचाउनको लागि दृढ प्रतिबद्धता जनायो । जहाँ देशको एकता र जनकल्याणका विषयमा गम्भीर छलफल भयो।

जहाँ नयाँ कार्य योजना र समितिहरूको निर्माण गरि भविष्यको दिशा तय गरियो ।

बैठकको क्रममा, वार्ड नम्बर ६ मा अब्दुलरकीब खानको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको थियो, जसमा उपाध्यक्ष ज्ञानमती यादव र सचिव सर्वेश मिश्रा चयन भएका थिए। वर्ड नम्बर ७ मा पनि नयाँ २१ सदस्यीय समिति गठन गरियो, जसको अध्यक्षता आनन्द प्रणानन्द मिश्राले गरेका थिए र उपाध्यक्ष शाहजहाँ शाह र सचिव उदय राज मौर्य चयन भए।

मौलाना मशहूद खान नेपालीको ऐतिहासिक सम्बोधन: स्वाभिमान र संप्रभुता को लागि अपार संघर्ष

कार्यक्रमका मुख्य अतिथि :- लुम्बिनी प्रदेशका सदस्य मौलाना मशहूद खां नेपालीले आफ्नो सम्बोधनमा गहिरो भावना र जोशका साथ भने “नेपाल एक संप्रभु राष्ट्र हो र हामी हाम्रो संप्रभुता र गौरवको सम्झौतामा कहिल्यै आउँदैनौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठग’ भन्ने टिप्पणी हाम्रो राष्ट्रको इज्जतमाथि मात्र होइन, सम्पूर्ण राष्ट्रिय गौरवमाथिकाे हमला हो। हामी यस आपत्तिजनक टिप्पणीको कडा विरोध गर्दछौं र यसका बिरुद्ध प्रत्येक जनस्तरमा आवाज उठाउने छौं।”

मौलाना मशहूद खां नेपालीले थप भने “यो हाम्रो सरकारको कमजोरी हो कि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सम्मान प्रबर्द्धन गर्न असफल भएको छ । हामी स्पष्ट रूपमा भन्न चाहन्छौं कि नेपाली जनताले यस्तो अपमानजनक निर्णय र बयानलाई कहिल्यै पनि सहन गर्दैनन् । सरकारलाई तुरुन्तै अमेरिकी राजदूतलाई बोलाएर यस टिप्पणीको विरोध गर्नु पर्नेछ।”

क्रान्तिकारी संकल्प: मौलाना मशहूद खान नेपालीको आवाज

मौलाना मशहूद खांले भने “हामी नेपालका नागरिकहरूसँग मिलेर एक बलियो क्रान्तिकारी आन्दोलनको थालनी गर्ने छौं, जसले हाम्रो गौरव, संप्रभुता र राष्ट्रिय पहिचानलाई विश्व मञ्चमा अझ मजबुत बनाउने छ। नेपालको इज्जत र संप्रभुता बचाउनु हाम्रो प्राथमिक कर्तव्य हो र हामी यसलाई कुनै पनि मूल्यमा संकटमा पार्न दिने छैनौं।”

कृष्णनगर समितिका अध्यक्ष जावेद आलम खां को अडिग संकल्प

कृष्णनगर समितिका अध्यक्ष जावेद आलम खां ले भने, “हामी नेपालको स्वतन्त्रता, संप्रभुता र सम्मानको लागि कुनै पनि बलिदान गर्न तयार छौं। यो बैठक प्रमाण हो कि हामी हाम्रो देशको रक्षा गर्न सधै तयार छौं।”

जनताको आक्रोश र नयाँ संकल्प: हामी कहिल्यै पछि हट्ने छैनौं

बैठकमा सहभागी नागरिकहरूले सम्पूर्ण जोश र उत्साहका साथ आफ्नो देशको सम्मान र संप्रभुता बचाउन संकल्प गरेका छन्। यस कार्यक्रमले पार्टीको शक्ति र जनताको एकतालाई मात्र प्रदर्शन गरेन, बरु यो सन्देश पनि दियो कि नेपाल आफ्नो गौरव र संप्रभुता बचाउनका लागि नयाँ दिशा तय गर्दै अघि बढ्नेछ। यो स्पष्ट देखियो कि नेपाल कहिल्यै आफ्नो अधिकारहरूको सम्झौतामा जान्छैन, र यसको नागरिकहरू प्रत्येक क्षेत्रमा आफ्ना हकहरूको लागि संघर्ष गर्नेछन्।

कार्यक्रमलाई सफल बनाउन तुफैल आलम खान,आज़ाद अहमद खान र नाजिम साहेबको कडा मेहनतको सराहना गरिएको थियाे जसका कारण यो ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो।

यस बैठकले केवल राजनीतिक कार्यकर्ताहरूको लागि मात्र होइन, सम्पूर्ण नेपालका नागरिकहरूको लागि एक नयाँ आशा र प्रेरणाको स्रोत बनेको छ, जसले अहिले पहिले भन्दा बढी आफ्नो सम्मान र अधिकारहरूको रक्षा गर्नका लागि तत्पर छन् ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्