Wednesday, January 14Nepali Online News Portal

लोकतान्त्रिक खेलकुद संघको जिल्ला समिति बिस्तार


   

धर्मेन्द्र कुमार कुर्मी विजयनगर ७

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति
लुम्बिनी प्रदेश कपिलवस्तुको बिस्तार गरिएको हो। नेपाली काँग्रेस पार्टीको भातृ संगठन लोकतान्त्रिक संघका जिल्ला अध्यक्ष पदम प्रताप सेनले समिति बिस्तार गरेका हुन ।

बिस्तारित समिति २३ सदस्यीय पुगेको छ । संघको उपाध्यक्षमा नारायण अर्याल, कालिका उपाध्याय, मोहम्मद सरिफ मुसलमान र सचिवमा रण बहादुर क्षेत्रीलाई मनोनयन गरिएको छ । त्यसैगरी कोषाध्यक्षमा बम बहादुर कुँवर, सहसचिवमा नवराज पौडेल, बिन्दु शाहनी क्षेत्री, दिपक थारु र गणेशलाल कर्ण चयनमा परेका छन् ।

सदस्यहरुमा क्रमशः उमानाथ पोख्रेल, कोपिला थापा, वेद प्रकाश भुसाल, संगिता पोख्रेल, माधुरी ओली गिरी, दिप कुमार केवट, केशव थापा, मैनुद्दिन मुसलमान, राकेश तिवारी, अहमद हुसेन, अब्दुल जाहिद, बिशेन्द्रसिंह रावल र हरिबहादुर गुरुङ्ग मनोनयनमा परेका छन् । खेल क्षेत्रको बिकासमा टेवा पुर्याउने उद्धेश्यका साथ खेल क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई संघमा मनोनयन गरी जिल्ला कार्यसमिति बिस्तार गरिएको संघका जिल्ला अध्यक्ष सेनले जानकारी दिए ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्