Saturday, February 28Nepali Online News Portal

निर्माण व्यवसायी संघद्वारा अभिमुखिकरण तालिम


   

धर्मेन्द्र कुमार कुर्मी (चौधरी)

कपिलवस्तु-हालै गठन भएको शिवगढी निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरूलाई लक्षित गरी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी तालिममा ५१ जना व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

लुम्बिनी ग्रीन रिसोर्टमा कार्यक्रमको उद्घाटन संघका पूर्व अध्यक्ष तथा शिवराज नगरपालिकाका संस्थापक मेयर नेत्रराज अधिकारीले गर्नुभएको थियो । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि अधिकारीले निर्माण व्यवसायीहरूले आफ्नो हक–हित र व्यवसायिक अनुशासनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

संघका अध्यक्ष मोहन केसीले तालिममार्फत व्यवसायीहरूलाई कानुनी र प्राविधिक पक्षमा जानकारी प्रदान गरी थप जिम्मेवार बनाउने उद्देश्य राखिएको जानकारी दिनुभयो ।

तालिममा प्रशिक्षक हितेन्द्र रायमाझीले सार्वजनिक सेवा खरिदका नीतिगत व्यवस्था, कानुनी प्रक्रिया, ठेक्का प्रणाली, मूल्यांकन मापदण्ड लगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

संघले आगामी दिनमा यस्ता तालिमलाई निरन्तरता दिने योजना बनाएको समेत जनाएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्