Thursday, May 22Nepali Online News Portal

नेपाल आउने पर्यटक ५ हजार डलरसम्म छुट


   

प्रदीप चौबे
बैशाख ७, कृष्णनगर

भारतबाट नेपाल आउने पर्यटकहरूले अब पाँच हजार अमेरिकी डलरसम्म नेपाल ल्याउन पाउने भएका छन । मिति २०८२/०१/०७ गते दिन आईतवार देखि लागू गरिएको यो नयाँ व्यवस्थाले भारतीय पर्यटकलाई ठूलो सहजता मिल्ने अपेक्षा गरिएको छ । यस अघि भारत बात नेपाल आउने पर्यटकहरु लाई ओन लाई क्यु.आर कोड मार्फत upi, gpay, लगायत बात नेपाली e-sewa जस्ता क्यु.आर कोड अथवा बैंकको खातामा क्यु.आर कोडको मार्फत भुकतानी गर्ने सुविधा लागू भइसकेको छ ।

कृष्णनगर भन्सार कार्यालयमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले पाँच हजार डलरसम्म नेपाल ल्याउन पाउने कार्यको औपचारिक सुरुवात गर्नुभएको हो । मन्त्री कार्कीका अनुसार विदेशी मुद्रा व्यवस्थापन सहज बनाउन र सीमावर्ती व्यापारिक गतिविधि प्रवर्द्धन गर्न यो निर्णय गरिएको हो ।

भन्सार कार्यालयमा रकमको विवरण जानकारी गराएर पर्यटकहरूले अमेरिकी डलर ५००० अर्थात् करिब ६ लाख रुपैयाँ नेपाली सम्म ल्याउन सक्नेछन् । यसले विशेष गरी साना व्यापारी, तीर्थयात्री र पर्यटकहरूलाई ठूलो राहत पुर्‍याउने अपेक्षा गरिएको छ ।

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्माको विशेष पहलमा यो सुविधा सुरु गरिएको हो । अध्यक्ष शर्माले भारतबाट नेपाल आउने पर्यटकहरूले विगतमा सानो रकम मात्र ल्याउन पाउने व्यवस्थाका कारण समस्यामा परेको र अब भने सहज भएको बताउनु भयो ।

स्थानीय व्यवसायी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूले नयाँ व्यवस्थाबाट सीमावर्ती क्षेत्रमा व्यापार र पर्यटन दुवैमा सकारात्मक प्रभाव पर्ने आशा व्यक्त गरेका छन् ।

नेपालमा अब विदेशी पर्यटकहरूको आगमन बढ्ने र आर्थिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ ।

"Krishnanagar Today!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘ताजा - ताजा समाचार : कृष्णनगर टुडे’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्