सुधांशु गिरी
बैशाख ६, बहादुरगंज
“भ्रष्टाचारिहरूलाई कदापि माफ गरिँदैन, जनताको अदालतबाट पुनः सम्मानित भई फर्किनेछु “: – पुष्प कमल दाहाल “प्रचण्ड”
“यो यात्रा राजनीति सिंहासनको लागि होइन, पीडितहरूको सेवाको सन्देश लिएर निस्किएको हो : – मौलाना मशहुद खाँ नेपाली
कृष्णनगर, कपिलवस्तु बहादुरगंज (विशेष रिपोर्ट) :- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको तराई-मधेश हुलाकी जनजागरण अभियान अन्तर्गत कपिलवस्तु कृष्णनगर बहादुरगंजमा आयोजना गरिएको ऐतिहासिक तथा भव्य जनसभाले नयाँ राजनीतिक चेतनाको सुरुवात गराएको छ । जहाँ विभिन्न दलका प्रभावशाली नेताहरूले सैद्धान्तिक राजनीति र जनसेवाको भावना सहित माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यस ऐतिहासिक सभामा नेपाल समाजवादी पार्टीका नेता इलियास मुसलमान , रईस शाह, नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष संजय गुप्ता, एमालेका साहसी नेता मुस्तफा र पूर्व अध्यक्ष मशगुल आलम लगायत थुप्रै विशिष्ट व्यक्तिहरूले औपचारिक रूपमा माओवादी केन्द्रमा सामेल हुने घोषणा गरे।
कार्यक्रमको सुरुवात पार्टीका सल्लाहकार एहसान अहमद खाँको भावुक स्वागत मन्तव्यबाट भयो, जसमा उहांले पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” तथा सहभागी सम्पूर्ण नेता तथा कार्यकर्ता सबै सहभागीहरूलाई स्वागत गर्दै यो सहभागिता जनविश्वासको प्रतिक भएको बताउनु भयाे ।
कार्यक्रमको सञ्चालन माओवादी केन्द्र कपिलवस्तुका जिल्ला अध्यक्ष विष्णु बल्बासेले अत्यन्त मर्यादित र जोशपूर्ण शैलीमा गर्नुभएकाे थियाे जसले कार्यक्रममा निरन्तर ऊर्जा भरिरह्यो ।
यस अवसरमा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जोशिलो सम्बोधनमा भन्नुभयाे :-
“देशमा भ्रष्टाचारले गहिरो जरा गाडेको छ। यो सरकार भ्रष्टाचारीहरूको संरक्षणका लागि बनेको हो। मैले अघिल्लो पटक पनि भ्रष्टाचारविरुद्ध अभियान चलाएँ र फेरि पनि जनताको समर्थनमा भ्रष्टाचारको जरै समेत उखेल्नेछु। जनताको अदालत नै मेरो वास्तविक शक्ति हो र म त्यहीँबाट पुनः सम्मानित भएर फर्किनेछु ।”
उहांले थप्नुभयाे कि विकास योजनाहरू दलालहरूको जालमा फसेका छन् र किसानहरूको बेवास्ता गरेर समृद्धिको सपना पुरा हुँदैन।
कार्यक्रमको अन्त्यमा माओवादी केन्द्र कपिलवस्तु , कृष्णनगर नगरपालिका इन्चार्ज तथा प्रख्यात धार्मिक एवं सामाजिक अभियन्ता नेता मौलाना मशहुद खाँ नेपालीले मिडिया प्रतिनिधिहरूसँग कुरा गर्दै सबै नयाँ सहभागीहरूलाई स्वागत गर्दै भन्नुभयाे :-
“यो केवल पार्टीको कार्यक्रम मात्र हाेइन , जनसेवाको मार्गमा दृढ र अटल संकल्पका साथ अगाडि बढ्ने घोषणा हो । आज जसले माओवादी आन्दोलन तथा बिचारधारालाई अँगालेका छन् , ती आफ्ना क्षेत्रका सम्मानित आवाजहरू हुन् । हामी उनीहरूको निर्णयको स्वागत गर्छौं र यसलाई जनहितमा आशाको नयाँ किरणको रूपमा हेर्नेछाैं ।”
मौलानाले थप्नुभयाे :- “यो आन्दोलन कमजोरहरूको शक्ति, पीडितहरूको आवाज र नयाँ नेपालको प्रतिबद्धता हो । हामी सबै मिलेर जनताको आशालाई नयाँ जीवन दिनेछौं ।”
यस कार्यक्रमको सफलतामा जिल्ला, प्रदेश र नगर स्तरको नेतृत्वको दिनरातको मेहनत रहेको थियो । विशेष गरी जावेद आलम खाँ, तुफैल आलम खाँ, नूर मोहम्मद कैसर अलीको सक्रिय भूमिका उल्लेखनीय रह्यो । मौलाना मशहुद खाँ नेपाली बाट जानकारी प्राप्त भयो ।
